ऋषभ पन्त्तले आईपीएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान कायम गरेका छन् । साउदी अरेबियाको जेद्दाहमा भएको आईपीएल मेघा अक्सनमा पन्त्तले आईपीएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान कायम गरेका हुन् ।
उनले यसअघि जारी सिजनकै अक्सनमा श्रेयस अय्यरले राखेको आईपीएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान भंग गरेका हुन् । लखनउ सुपर जायन्ट्सले ऋषभलाई २७ करोड भारतीय रुपैयाँमा अनुबन्धन गरेको छ भने पंजाबले श्रेयसलाई २६.७५ करोड रुपैयाँमा अनुबन्धन गर्दै आईपीएल इतिहासकै महँगो खेलाडीको कीर्तिमान कायम गरेको थियो ।
ऋषभमाथि सुरुमा लखनउ र बैंगलोरले बोली लगाएका थिए । यसैगरी रोयल्स च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादले पनि ऋषमाथि चासो देखाएका थिए । ११.७५ करोडपछि सनराइजर्स हैदराबादले बोली लगाउन सुरु गरेको थियो । तर अन्तिम बोली २०.७५ करोड रुपैयाँमा हैदराबादले लगाएको थियो।
तर दिल्लीले राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गरेपछि लखनउले २७ करोड खर्चिन पर्यो । अक्सनमा लखनऊलाई अन्तिम बोलीको लागि सोधिएको थियो। जसमा टोलीले सबैभन्दा बढी बोली लगायो र उनलाई आफ्नो टोलीमा समावेश गर्यो।
सन् २०२० मा पन्तलाई दिल्लीले कप्तान बनाएको थियो । त्यसपछि अर्को वर्ष उनी कार दुर्घटनाका कारण टोलीबाट बाहिर भए । पन्त २०२४ मा फेरि दिल्लीको कप्तानीमा फर्किएका थिए। उनले १३ खेलमा ४४६ रन बनाएका छन् जसमा तीन अर्धशतक पनि समावेश छ ।
त्यस्तै श्रेयसलाई पञ्जाबले २६ करोड ७५ लाख करोडमा किनेको थियो । योसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा क्रिकेटरको सूचीमा दोस्रो स्थानमा रहे ।
प्रतिक्रिया राख्नुहोस्