सर्वोच्च अदालतको साइन बोर्ड (संकेत पाटी)मा कालो पोत्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई नियन्त्रणमा लिएको हो ।
आफूलाई घरेलु हिंसा पीडित बताउँदै विष सेवनदेखि आमरण अनशन समेत बसिसकेकी यादवले सर्वोच्च अदालतको मुल ढोका नजिकको बोर्डमा कालो छ्यापेको प्रहरीले जनाएको छ ।
रामेछापका एक युवकसंग विवाह गरेकी यादवको सम्बन्ध बिच्छेदको भैसकेको छ । युवकले दर्ताँ गरेको मुद्दामा अदालतले फैसला सुनाएपछि यादवले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।
यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन् । सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० जेठमा जुस पिलाएर अनशन तोडाउनुभएको थियो ।
सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो ।
प्रतिक्रिया राख्नुहोस्