इजरायल-लेबनान युद्ध बिरामको घोषणा, राष्ट्रसङ्घद्वारा स्वागत
लेबनान र इजरायलले जारी युद्ध बिराम गरेको घोषणा गरेका छन् । सो कुुराका जानकारी अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी दिनुभएको हो ।
बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको र उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको जानकारीमूलक समाचार सम्प्रेषण गर्नु भएको हो ।
बाइडेनले एक्समा उल्लेख गर्नु भएको छ “आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन् ।”
अमेरिकी राष्ट्रपतिलाई समर्थन गर्दै इजरायलले जारी गरेको विज्ञप्तिमा “प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाइडेनसँग कुरा गरी लेबनानमा युद्धविराम सम्झौता हासिल गर्नका लागि इजरायललाई दिएको स्वतन्त्रताको लागि धन्यवाद दिएको छ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जारी गरेको संयुक्त विज्ञप्तीमा, लामो समयको अथक कूटनीति पछि, इजरायल र लेबनानले आफुहरु विचको शत्रुता समाप्त भएको स्वीकार गरेका छन् । “
घोषणाले लेबनानमा लडाइँ बन्द गर्ने तथा हिजबुल्लाह र अन्य आतङ्कवादी सङ्गठनको खतराबाट इजरायललाई सुरक्षित गर्नेछ । यो घोषणाले स्थायी शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गरी दुवै देशका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने जनाएको छ ।
अमेरिका र फ्रान्सले इजरायल र लेबनानसँग मिलि गरेको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्न कटिबद्ध रहेको बताएका छन् । अमेरिका र फ्रान्सले लेबनानी सेनाको क्षमता वृद्धि गरी यस क्षेत्रको स्थिरता र समृद्धिलाई अगाडि बढाउन लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जाल मार्फत यो समाचार साभार गर्दै आफु इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतालाई स्वागत गर्न चाहेका बताउनु भएको छ ।
आफ्नो भाषणमा राष्ट्रपति बाइडेनले हमासले गत अक्टोबरमा गरेको आक्रमणको भोलिपल्ट देखि युद्ध सुरु भएको जनाउदै इजरायलले युद्ध सुरु नगरेको तथा लेबनान र अमेरिकाले त्यो युद्ध नचाहेको बताउनु भएको छ ।
बाइडेनले हिजबुल्लाहसँगको युद्ध सुरु भएदेखि ७० हजार भन्दा बढी इजरायली तथा तीन लाख भन्दा बढी लेवनानी आफ्नै देशमा शरणार्थीका रूपमा बस्न बाध्य भएको जनाउनु भएको छ ।
इजरायल र लेबनानका जनताका लागि स्थायी सुरक्षा युद्धको मैदानमा मात्र प्राप्त गर्न नसकिने बताउदै सम्झौता सीमापारको लडाइँ समाप्त गरी शत्रुताको स्थायी अन्त्यका लागि डिजाइन गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनु भएको छ ।
घोषणा अनुसार “आगामी ६० दिनमा, लेबनानी सेना एक पटक आफ्नो क्षेत्रको नियन्त्रण लिन तैनाथ हुनेछन् । दक्षिणी लेबनानमा हिजबुल्लाह आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्न अनुमति दिइने छैन ।
आगामी ६० दिन भित्र, इजरायलले सेना फिर्ता गर्नेछ । अन्ततः दुवै पक्षका नागरिकहरू, चाँडै सुरक्षित रूपमा आफ्नो घर समुदायमा फर्की आफ्नो व्यवसाय सञ्चालन र जीवन यापनमा सक्रिय हुने छन् ।
बाइडेनले फ्रान्स र अन्य साझेदारहरूसँग मिलेर सम्झौता पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गरी सुरक्षाको सुनिश्चित गर्न आवश्यक सहयोग प्रदान गरिने बताउदै यो प्रयासले लामो समयदेखि द्वन्द्वमा संलग्न इजरायल र लेबनानको भविष्य सुरक्षित हुने उल्लेख गर्नु भएको छ ।
राष्ट्रसङ्घद्वारा स्वागत
लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।
लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल)जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो ।
विज्ञप्तिमा यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव –१७०१ ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महत्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताउनु भएको छ ।
उहाँले “सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गर्नु भएको छ ।
प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उहाँले बताउनु भएको छ ।
यसको माध्यामबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त् भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गर्नु भएको छ । हाल प्राप्त उपलब्धीलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उहाँले प्रष्ट पार्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गर्नु भएको हो जुन बुधवार देखि लागु हुने जनाइएको छ ।
युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्