राजनीति

रास्वपा उपसभापति अर्याल र कोसोभाका मन्त्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका कोसोभोका स्थानीय प्रशासन मन्त्री एल्बर्ट क्रान्सनिकी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भएको अनौपचारिक भेटमा द्विपक्षीय सम्बन्ध तथा आपसी सरोकारका विषयमा छलफल भएको थियो ।

सो अवसरमा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रशिक्षण विभाग सचिव कमल सुवेदी र कोसोभोका उपप्रधान तथा परराष्ट्र मन्त्रीका राजनीतिक सल्लाहकार इमरी होक्साको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.