क्रिकेटखेल

चितवन राइनोजले दियो पोखरा एभेञ्जर्सलाई जितको लागि १६२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई जितको लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो । चितवनको लागि रवि बोपराले ३८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारि खेले भने कप्तान कुशल मल्ल २३ बलमा ४ छक्का र १ चौकाको मद्दतमा ३८ रन बनाए ।

त्यस्तै लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन जोड्दा शरद भेषावकर ११ रनमा अविजित रहे । पोखराका लागि पोखराका विपिन खत्री, रेमोन रेइफर र बास डि लिडले समान २-२ विकेट लिँदा सागर ढकालको भागमा एक विकेट रह्यो ।

सोमबार काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रन पराजित गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.