जन सरोकार

काठमाडौँको टुँडिखेलमा मकवानपुरका सिलवाल मृत फेला

काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले मृतकको साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट परिचय खुलेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।”

शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.