नाबालिगसंग यौन सम्बन्ध प्रस्ताव राख्ने प्रधानमन्त्री कार्यालयका अधिकारी पक्राउ
नाबागिलहरुलाई रकम दिएर यौन सम्बन्धको प्रस्ताव गरेको आरोपमा जापानको प्रधानमन्त्री कार्यालयका एक अधिकारीलाई पक्राउ गरिएको छ ।
समाचार अनुसार प्रधानमन्त्री कार्यालयका ४० वर्षीय युकिहिरो कोइजुमी दुई नाबालिगलाई यौन सम्पर्क गर्न आग्रह गरेको आरोपमा पक्राउ गरिएको हो ।
कोइजुमीमाथि गत अप्रिलमा योकोहामामा पार्किङ गरिएको कारमा दुई जुनियर हाई स्कूलका विद्यार्थीहरूसँग नगद दिने वाचामा यौन दुर्व्यवहार गरेको आरोप छ ।
कोइजुमीले ती नाबालिकलाई उनीहरुका साथी मार्फत भेटेको र यौन सम्बन्धका लागि ४ हजार येन दिने प्रस्ताव गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।
प्रहरीले कोइज़ुमीलाई बिना सहमति यौनसम्बन्ध राख्ने र बाल वेश्यावृत्ति तथा अश्लीलता बिरोधी कानुनको उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।
एक वर्षअघिको सो घटना ती छात्राहरु घरबाट भागेपछि प्रहरी नियन्त्रणमा आएर बयानका क्रममा सार्वजनिक भएको थियो । यसबीचमा उनीहरुबीच पटकपटक भेट भएको पीडितको उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका अधिकारी यस्तो संगीन अराधमा संलग्न रहेको पाइएपछि मुख्यसचिव हयाशी योसिमासाले गहिरो दुःख व्यक्त गर्दै यस घटनामा कडा कदम चाल्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्