राजनीति

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”

गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.