जन सरोकार

करिब एक सय २६ किलो गाँजा सहित दुई जना पक्राउ

सुनसरी र चितवनबाट करिब एक सय २६ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध गाँजा करिब एक सय २३ किलो ३ सय ९० ग्राम सहित धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो । त्यस्तै चितवन, रत्ननगर नगरपालिका-१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.