राजनीति

सुशासन कायम गर्नु वर्तमान सरकारको मुख्य एजेण्डा : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन सरकारको मुख्य एजेण्डा रहेको बताउनुभएको छ ।

‘द राइजिङ् नेपाल’ पत्रिका ५९ वर्ष पुरा गरी ६० औँ वर्ष प्रवेश गरेको अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले पुँजीगत खर्च वृद्धि गर्ने र विधिको शासनलाई प्राथमिकतामा राखेर काम गर्नमा वर्तमान सरकार केन्द्रित रहेको बताउनुभएको हो ।

तीन-तीन महिनामा परिवर्तन हुने सरकारले नीति र विधिमा काम गर्न नसक्ने भएकाले वर्तमान सरकार गठन भएको बताउँदै उहाँले सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्नु रहेको उल्लेख गर्नुभयो ।

सुशासन बलियो बनाउनकै लागि सरकारले पहिलो पटक विदेश नीति ल्याएको उहाँले सुनाउनुभयो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बिआरआई’ सम्झौता गरेको विषय विदेश नीतिको एक उपलब्धि रहेको मन्त्री गुरुङको दाबी छ । यसअघि अनुदान, ऋण र सहयोग गर्ने निकाय वा राष्ट्रको एजेण्डालाई टेकेर नेपालले सहमति गर्दै आएको उहाँको भनाइ छ ।

“सरकारले आफ्नो एजेण्डा अघि सारेर सम्झौता गरेको छ । जुन राष्ट्रिय स्वाधिनताका लागि महत्त्वपूर्ण पक्ष हो”, मन्त्री गुरुङले भन्नुभयो । उहाँले अन्य पक्षसँग ऋण लिने कि नलिने दुविधामा नपर्न आग्रह गर्नुभयो ।

आवश्यकता पर्दा ऋण लिनु राम्रो भएपनि त्यस ऋणले मुलुकलाई पुग्ने फाइदाको विषयमा भने हेक्का राख्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.