राजनीति
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
विज्ञप्ति –
प्रतिक्रिया राख्नुहोस्