हिरासतभित्रको फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
सहकारी ठगी अभियोगमा कास्की प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको फोटो सार्वजनिक भएपछि उहाँको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
बिहिबार प्रहरी हिरासतभित्र रवि सुतिरहेकको अवस्थाको सिसीटिभी फुटेजबाट फोटो निकालेर सामाजिक सञ्जालमा पठाइएपछि रविको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै आलोचना भैरहेको छ ।
रविको हिरासतभित्रको फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न निर्देशन दिनुभएको छ ।
यसै गरी गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिनुभएको छ ।
रवि लामिछाने एउटा सानो कोठामा सिरक ओढेर सुतिरहेको तस्बिर सार्वजनिक भएपछि हिरासतभित्रको तस्विर कसरी बाहिर आयो भन्ने प्रश्न सुरु भएको थियो ।
गृहमन्त्री लेखकले यो घटनाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत चासो राख्दै यो घटनाबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिइसकेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्