राजनीति

प्रहरीकै अगाडि फोटो खिचेको डा. निकोलसको दावी

कास्की प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो आफूले बाहिर ल्याएको दावी गर्दै सामाजिक अभियन्ता डा. निकोलस भुसालले उक्त फोटोको जिम्मेवारी लिनुभएको छ ।

डा.भुसालले उक्त फोटो लामिछानेलाई भेटन जाँदा प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रमममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट प्रहरीकै अगाडि उक्त तस्बिर खिचेको स्वीकार्नुभएको छ ।

उहाँले बिहिबार फेसबुक लाइभमार्फत उक्त तस्बिर शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताउनुभएको छ ।

भुसालले हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको र भाइरल गराउँछु भन्ने सोचेर नभई कसरी बसिरहेका छन् भनेर बुझाउन फोटो खिचेको बताउनुभएको छ ।

फोटो खिचेर उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको स्वीकार्दै डा. भुसालले फोटो बाहिर ल्याएको प्रहरीले होइन आफूले भन्दै आफू सजाय भोग्न तयार रहेको बताउनुभएको छ ।

स्मरणीय छ, लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएदेखि सर्वसाधारणलाई मोबाइल लैजाने रोक लगाइएको छ । तर, डा. भुसालले कसरी मोबाइल लान पाए भन्ने प्रश्न उहाँको स्वीकारोक्तिपछि उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र प्रवेश गर्नेबित्तिकै गेटनजिकै प्रहरीले सर्वसाधारणको मोबाइल राख्ने गरे पनि डा. भुसालले भने आफूसँग मोबाइल नमागिएको दाबी गर्दै प्रहरीकै अगाडि उक्त फोटो खिचेको र आफूले फोटो खिचेको सीसीटीभी फुटेज प्रहरीसँग हुनुपर्ने दावी गर्नुभएको छ ।

फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले प्रारम्भिक अनुसन्धानमा भुसालले नै उक्त तस्बिर सार्वजनिक गरेको थाहा भए पनि घटनाको थप छानबिन भइरहेको बताउनुभएको छ ।

भुसालले सो तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताए पनि प्रवक्ताभ शर्माले भने त्यस दिन भुसालले लामिछानेलाई नभेटेको बताउनुभएको छ ।

भुसालले भने आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि प्रहरीकै सामुन्ने फोटो खिचेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.