क्रिकेटखेलबिशेष

एनपिएल उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्ने

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा जारी प्रथम नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस् भिड्ने भएका छन् ।

बिहिबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुरले उपाधिका लागि सुदूरपश्चिमसंगको भेट पक्का गरेको हो ।

कम स्कोरमा समेटिएको खेलमा कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङ गरी १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरलाई दिएको थियो । जनकपुरले सो लक्ष्य १९ ओभरमा आड विकेटको क्षतिमा पूरा गर्दै उपाधि होडमा पुर्यायो ।

जनकपुरका लागि जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए भने शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

बलिङमा कर्णालीका विपिन प्रसाद शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान १ विकेट लिए ।

यसै गरी कर्णालीका लागि सबैभन्दा ठूलो योगदान गुल्सन झाको रह्यो । उनले २० बलमा २५ रन बनाए । उनले मोहमद मोहसिनको बलमा बोल्ड हुन अगाडि एक चौका तथा दुई छक्का प्रहार गरे ।

ओपनर देव खनालले २४ रन बनाए । उनले २० बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर जयकिशन कोल्सवला एकै रनमा आउट भए भने उनिस ठकुरीले १२ रन जोडे ।

कर्णालीका लागि विदेशी खेलाडी जिसन मक्सुदले १२, विलियम बोसिस्टोले १४ तथा चाडविक वाल्टनले ११ रन बनाए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.