साहित्य

‘मिथिला मिथक’माथि चर्चा

पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘विह्वल’द्वारा लिखित पुस्तक ‘मिथिला मिथक’माथि विरानगरमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।

बिहिबार नेपाल मैथिली एशोसिएशन विराटनगरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा पुस्तकमा सङ्कलित सामाग्रीहरूको वियषवस्तुमा विद्वान वक्ताहरूले आ–आफ्नो धारणा राख्नुभयो ।

पुस्तकको विमोचन मङ्गलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमै गर्नुभएको थियो । पुस्तक चर्चा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मैथिली भाषा विज्ञान सङ्कायका पूर्वविभाग प्रमुख परमेश्वर कापडी, अजयकुमार झा, राकेश देव, सुमन मिश्रा, प्रा भावेश मिश्रा, प्रविणनारायण चौधरीलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

प्रा कापडीले पुस्तक इतिहास र वर्तमानलाई अध्ययन गर्नका लागि संक्षिप्त तथा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पुस्तक मिथिला संस्कृतिलाई अध्ययन गर्नेहरूका लागि आँखिझ्याल बनेको बताउनुभयो ।

यसैगरी पत्रकार अजयकुमार झाले मिथिलाको संस्कृति अध्ययन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रय क्षेत्रमा यो सन्दर्भग्रन्थ बन्ने लायक विशिष्ट पुस्तक भएको बताउनुभयो । उहाँले अझै लेखिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रा भावेश मिश्राले यस पुस्तकमा मिथिला जागरणको कुरालाई जोड़ दिएकाले यसमा समावेश सबै मिथक महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष प्रविणनारायण चौधरीले यसमा मैथिली अभियानलाई बल दिने क्षमता रहेको उल्लेख गर्दै मैथिली भाषा विकासको अभियानमा सक्रिय सबैलाई यसबाट सहयोग हुने बताउनुभयो ।

यसले नयाँ पुस्तालाई मिथिलाको सांस्कृतिक विरासतलाई अध्ययन गर्न प्रेरित गर्ने उहाँको भनाइ थियो । छ भागमा विभाजन गरिएको उक्त पुस्तकमा एक सय ११ मिथक समावेश गरिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.