क्रिकेटखेल

सुदूरपश्चिम रोयल्सले दियो जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले उपाधि जित्नको लागि जनकपुर बोल्ट्सलाई जितको लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एनपिएल

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ८४ रन बनायो ।

सुदूरपश्चिमको लागि ओपनार सैफ जैबले ४३ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकीय पारी खेले भने बिनोद भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए । यी दुईले पहिलो विकेटको लागि ११७ रनको शतकीय साझेदारी गरेका थिए ।

त्यस्तै ब्रानडन म्याकुलेन र हर्मित सिंहले समान १४-१४ रन जोड्दा स्कट कुगलाइनले १३ रन, दीपेन्द्र सिंह ऐरीले नौ रन बनाए । जनकपुरको लागि किशोर महतो र मोहम्मद मोहसिंहले तीन विकेट लिए भने जिमी नीशम र ललितनारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो ।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.