धावक हरिबहादुर रोकायाले जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई निःशुल्क जग्गा दान गर्नुभएको छ । उहाँले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गर्नुभयो ।
जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुर्याउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो ।
उहाँले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिनुभयो । जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्