आईफोनसहित ईन्टरनेट सेवाको रकम ठगेर मनोज र समीर वेपत्ता
जापानमा विद्यार्थी जीवन बिताइरहेका दुई नेपाली युवाहरुले आइफोन मोबाइलसहित सिम इन्टरनेट सेवाको तीन लाख रुपैयाँभन्दा बढी ठगेर फरार भएका छन् ।
टोकियोको काचुसिका वार्डमा बस्ने मनोज छन्त्यालले जापानमा टेलिकम सेवा प्रवाह गरिरहेको एनआईटिभी टेलिकमले मासिक किस्तामा प्रदान गरेको आइफोनसहित इन्टरनेट सेवाको रकम नतिरी फरार रहेका छन् ।
समाचार अनुसार निजले २०२३ जुलाई १४ तारिकका दिन ३६ महिनाको किस्तामा भुक्तानी गर्ने गरी फ्रेण्ड ट्र्रष्ट ईन्टेन्ट सेवाबाट ऋण लिएर ४ महिनादेखि फरार भएका छन्।
छन्त्यालले सम्झौता गरेर आइफोन १४ प्रो म्याक्स, मोवाईल तथा ईन्टरनेट सेवामा २ लाख १० हजार भन्दा बढी जापानी येन ठगेर फरार भएका हुन।
बैंकबाट भुक्तानी हुनुपर्ने मासिक किस्ता भुक्तानी नभएपछि छन्त्याललाई पटकपटक बिल भुक्तानी गर्न ताकेता गरिए पनि निज सम्पर्कमा नआएपछि कानुनी कारवाही चलाइएको छ ।
२०२४ सेप्टेम्बर शुरुदेखि नै उनले सबै सञ्चारका माध्यम बन्द गरेर सम्पर्कमा नरहे पछि डिसेम्बर महिनाको ११ तारिककै दिन जापान प्रहरी समक्ष उजुरी गरिएको छ ।
सोही उजुरी लाई आधार मानेर नेपाल प्रहरी,केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत ठगी सम्बन्धी कसुरमा उजुरी गरिएको कम्पनीले जानकारी दिएको छ ।
यसै गरी विद्यार्थी भिसामा रहेर जापानको फुकुओकामा बस्ने समिर सुनुवार पनि फ्रेण्ड ट्र्रष्ट ईन्टेन्ट ऋण सेवाबाट ऋण सेवा लिएर ३ महिनादेखि फरार भएका छन् ।
सुनुवार २०२२ सेप्टेम्बर २८ तारिकका दिन ३६ महिनाको किस्तामा भुक्तानी गर्ने गरी सम्झौता गरेर आईफोन प्रो म्याक्स, मोवाईल तथा एनआईटिभीकोले ईन्टरनेट सेवामा १ लाख भन्दा बढी जापानी येन ठगेर फरार भएका हुन् ।
भुक्तानी हुनुपर्ने मासिक किस्ता भुक्तानी नभएपछि सुनुवारलाई पटकपटक बिल भुक्तानी गर्न ताकेता गरिए पनि निज सम्पर्कमा नआएपछि कानुनी उपचारको बाटो अपनाइएको छ ।
सुनारले २०२४ सेप्टेम्बर शुरुदेखि नै सबै सञ्चारका माध्यम बन्द गरेर सम्पर्कमा नरहे पछि डिसेम्बर महिनाको ११ तारिककै दिन जापान प्रहरी समक्ष उजुरी गरिएको छ ।
सोही उजुरीलाई आधार मानेर नेपाल प्रहरी,केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत ठगी सम्बन्धी कसुरमा उजुरी गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्