जन सरोकारबिशेष

देशप्रति नै घृणा फैलाउने सूचनाको बाढी, विदेश अध्ययनका नाममा ठगीको जालो

शिक्षा मन्त्रालयले यही पुस ९ गते एक सार्वजनिक सूचना जारी गरी शैक्षिक परामर्शका नाममा भ्रमपूर्ण सन्देश प्रवाह नगर्न अनुरोध गर्यो ।

पछिल्लो समय “फ्री भिसा, भिसाको सुनिश्चितता, भारी छुट, अङ्ग्रेजी भाषाको जाँच नचाहिने, कामको ग्यारेन्टी….. जस्ता आकर्षक विज्ञापनहरु सामाजिक सञ्जालमा आएपछि मन्त्रालय सचेत भएको हो ।

राज्यप्रतिको भरोसा टुट्दै गएको र यसको निराकरणका लागि सत्तामा बस्नेहरु हुनुपर्नेजति सम्वेदनशील नहुँदा अवसरको खोजीमा रहेका युवाहरु विद्यार्थीहरुलाई ठगी गर्ने धन्दा मौलाइरहेको यो पछिल्लो दृष्टान्त हो ।

सामाजिक सञ्जालहरूमा पत्याउनै नसकिने आकर्षण दिएर प्रचार हुन थालेपछि यसलाई शिक्षा मन्त्रालयले भ्रामक र व्यावसायिक आचरणविपरीतका रहेको बताउँदै सर्वसाधारणलाई सचेत रहन आव्हान गर्दै परामर्शदातालाई सचेत पारेको हो ।

मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले ूटिकटकजस्ता सामाजिक सञ्जालमा विदेश अध्ययनलाई जोडेर उच्छृङ्खल सामग्री, नेपालमा अब केही अवसर नभएकाले विदेश जानुपर्छ भन्ने निराशाजनक सन्देश दिने भिडिओ सयौंको संख्यामा देखिएपछि मन्त्रालय सक्रिय हुन परेको बताउनुभयो ।

त्यस्तै शैक्षिक परामर्शदाता संस्थाहरूको सङ्गठन नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले भड्काऊ सूचनाु निकै व्याप्त भएपछि आफूहरू समेतले शिक्षा मन्त्रालयलाई त्यस्तो कदम चाल्न सुझाएको बताउनुभयो ।

उहाँ संस्थामा नवीकरण भएका ९ सय २४ परामर्शदाता कम्पनीबाहेक पनि सयौँ अन्य ससाना कन्सल्टन्सीहरू अनौपचारिक रूपमा सञ्चालनमा रहेको र त्यस्ताबाट समस्या धेरै देखिएको बताउनुहुन्छ ।

अवैध किसिमबाट संस्था खोलेर विद्यार्थीलाई देशप्रति नै भरोसा टुटाउने मात्र होइन उनीहरुमाथि आर्थिक शोषण र भविष्यमाथि खेलवाड गर्ने त्यस्ता निकायहरुलाई तत्काल कानुनको दायरामा ल्याउनु नितान्त आवश्यक छ ।

मन्त्रालयले सुरुमा सचेत पारेको छ । जारी सूचनामा भनिएको छ, “शैक्षिक परामर्श सेवा तथा भाषासम्बन्धी निर्देशिका २०७३ (संशोधन सहित) मा त्यसको मापदण्ड उल्लेख गरिएको” जनाउँदै “विभिन्न मिडियालगायत सामाजिक सञ्जालहरूमा निर्देशिकाको प्रतिकूल हुने खालका लगायत स्थापित सामाजिक मूल्यमान्यताको प्रतिकूल तथा समाजमा विसङ्गति र विकृति सिर्जना गर्न खोजेको देखिएको” जनाइएको छ ।

त्यस्तै नेपालमा केही पनि गर्न सकिँदैन भन्नेजस्ता सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएको पाइएको र विभिन्न माध्यमबाट गुनासोहरू समेत आएको अवस्था रहेकाले अनिवार्य रूपमा निर्देशित सर्तहरू पालना गर्न, गराउनुहुन सूचित गरिन्छ, भनिएको छ ।

नेपालको सत्ता राजनीति दलालहरुको पकडमा रहेको र दलालहरुकै चासो, लाभ तथा चाहना अनुसार नीति, नियम बन्ने आरोप लागिरहेका बेला युवाहरुमा देशप्रति नै दुर्भावना फैलाउने गरी प्रचार सामग्री आउनु र मन्त्रालयले एउटा विज्ञप्ति मात्र निकालेर बस्नु उचित नभएको तर्क पनि हुन थालेको छ ।

अवैध रुपमा संस्था खोलेर राष्ट्रघात गर्ने जोकोहीलाई तत्काल कानुनको दायरामा ल्याउनुपर्ने आवाज अहिले उठिरहेको छ । यसका लागि इक्यानको पनि पूर्ण साथ र सहयोग आवश्यक छ ।

नेपालबाट विदेश अध्ययनका लागि जानेको संख्या वर्षेनी बढ्दो छ । अहिले दैनिक औसतमा पाँच सय नेपालीहरूले विदेश जानका लागि नो अब्जेक्शन लेटर (एनओसी) लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षका सुरुका पाँच महिनामा ७२ हजार ३ सय १२ जनाले एनओसी लिएका छन्। हालसम्मको अवस्था हेर्दा यो आर्थिक वर्षमा समेत विगतमाझैँ दुई लाख नजिकको संख्यामै विद्यार्थीहरू बाहिर जान चाहने क्रम देखिन्छ ।

आर्थिक वर्ष २०८०।०८१ मा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंक विवरण छ । त्यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो। पछिल्ला दुई वर्षमा त्यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.