आधा शताब्दीसम्म मुआब्जा नदिएर तीनकुनेबासीलाई सरकारहरुले अन्याय गर्यो : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान सरकारले तीनकुनेको जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गर्नु भएको छ । कोटेश्वर महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा अधिकरण गरेपनि मुआब्जा नदिएर अन्याय गरेको टिप्पणी गर्नु भएको छ ।

महोत्सव उद्घाटनपछि उहाँले भन्नुभयो, ‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन’, उहाँले भन्नुभयो, ‘व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ ।’
मेयर शाहले दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा विवाद समाधान नभए कहिल्यै नहुने बतउनुभयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ अहिले पनि काम भएन भने कहिल्यै हुँदैन ।’
प्रतिक्रिया राख्नुहोस्