राजनीति
दुर्गा प्रसाईं र उनका सहयोगी धरौटीमा रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा बिहीबार रिहा भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।
प्रसाईंसहित तीनजना विरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्