नेपालमा सुनको कमण्डलु बोकेर भिख माग्ने काम भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको बताउनुभएको छ । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताउनुभएको हो ।
त्यस्तै उहाँले नेपाल कसैको रणमैदान नभएको उल्लेख गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गर्दै समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिड्नुपर्ने बताउनुभएको छ ।
सन्देशमा भनिएको छ, ‘समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ। नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’
पूर्वराजाले विदेशी भूमिमा तय हुने नीति र दर्शन नेपाल र नेपालीलाई नचाहिने बताउनुभएको छ । हामी मध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी प्रतिपादित वादमा रमाउने गरेको भन्दै उहाँले त्यसो किन भइरहेको हो भनेर प्रश्न गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भन्दै यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको तर्क पनि गर्नुभएको छ ।
‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ शाहले भन्नुभएको छ, ‘राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्छ ।’
यस्ता उहाँले बडामहाराजाधिराका दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दी अघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि उल्लेख गर्नुभएको छ । नेपालले सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका उहाँको टिप्पणी छ ।
भिडियो –
प्रतिक्रिया राख्नुहोस्