राजनीति

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो ।

नेपाल बुद्धिजीवी परिषद् दाङ र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा शनिबार घोराहीमा भएको अन्तरसंवाद कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि बलियो निर्णायक राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले एमालेले वामपन्थी ध्रवीकरणको मुद्दालाई प्राथमिकतामा राखेको र राष्ट्रिय शक्ति निर्माणका लागि काम गरिरहेको बताउनुभयो । इतिहासबाट शिक्षा लिने र भविष्यको यात्रा तय गर्नुपर्ने भन्दै उहाँले कार्यकर्ताको माध्यमबाट धु्रवीकरण गर्न एमालेको तयारी रहेको बताउनुभयो ।

एक अर्को प्रशंगमा महासचिव पोखरेलले ‘बिआरआई सम्झौता’ बाट नेपालले नयाँ मान्यता स्थापित गरेको दाबी गर्नुभयो । “बिआरआई सम्झौताको मस्यौदा नेपाली कांग्रेस र एमालेको सहमतिमा गरिएको हो ।

नेपालको इतिहासमै पहिलोपटक नेपाल आँफैले तयार पारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ”, उहाँले भन्नुभयो, “यसले प्रमुख पार्टी मिल्दा हरेक कुरा सम्भव हुँदोरहेछ भन्ने प्रमाणित भएको छ । मुुलुकको समृद्धि र स्थायित्वका लागि गठन भएको प्रमुख पार्टी सम्मिलित यो सरकार निश्चित उद्देश्य पूरा गर्नतर्फ अग्रसर छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.