राजनीति
कोइरालाद्वारा बेलायतसंग थप सहयोगको आग्रह
नेपाली कांग्रेसका नेता डा शेखर कोेइराला र बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । भेटमा डा. कोइरालाले नेपालमा थप सहयोग गर्न आग्रह गर्नुभएको छ ।
बेलायतको भ्रमणमा रहनुभएका डा कोइरालाले बिहिबार बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गर्नुभएको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।
कोइराला र क्लेभर्लीबीच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्