सत्तापक्षको रबैयाबिरुद्ध साझा एजेण्डा बनाउँदै विपक्षी दल
सरकारले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै चर्को बिरोध गरिरहेका विपक्षी दलहरूले साझा एजेण्डा बनाएर सरकारलाई दवाव दिने भएका छन् ।
विपक्षी दलहरुले साझा एजेण्डा तयार गरेको र त्यसलाई आज शुक्रबार बस्ने बैठकले अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी छ । यसैका लागि आजा दिउँसो बैठक आव्हान गरिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले साझा एजेन्डालाई अन्तिम रूप दिने एकीकृत समाजवादीका सम्मानित नेता डा. बेदुराम भुसालले बताउनुभयो ।
उहाँका अनुसार अध्यादेशको विरोध, संसद् अधिवेशन आह्वानको माग, महँगी, भ्रष्टाचारलगायत विषय समेटेर एजेन्डाका मस्यौदा तयार पारिएको र शुक्रबारको बैठकले त्यसलाई अन्तिम रूप दिनेछ ।
बैठकले अन्तिम रूप दिएपछि शुक्रबार नै ३ बजे संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर एजेन्डा सार्वजनिक गर्ने डा. भुसालले बताउनुभयो ।
गत बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले समय घर्किंदासमेत संसद् अधिवेशन नबोलाई अध्यादेश ल्याउनु स्वेच्छाचारी भएको ठहर गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्