राजनीति

संविधान लेखिएका जनताका अधिकार कागजमै सिमित डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक व्यवस्था परिवर्तनबाट मात्रै जनताको अधिकार स्थापित नहुने बताउँदै जनताको अधिकार स्थापित गर्न विकास र समृद्धि हाँसिला हुनुपर्ने बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेखित जनताका अधिकार स्थापित गर्न विकास र समृद्धि चाहिने बताउँदै संविधान लेखिएका अधिकार अहिले कागजमा मात्र सिमित रहेको टिप्पणी गर्नुभयो ।

“राजनीतिक परिवर्तनले अहिलेको बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भन्नुभयो, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भन्नुभयो, “२००७ साल, ०४७ साल, ०६२÷०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उहाँको भनाइ छ । “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन” ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.