राजनीति
प्रधानमन्त्री ओली अस्वस्थ, उद्घाटनका कार्यक्रम भर्चुअल माध्यमबाट
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबारका लागि तय भएका सबै कार्यक्रममा भौतिक रुपमा उपस्थिति हुन नसक्ने हुनुभएको छ ।
समाचार अनुसार विगत दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहनुभएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा जुट्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री ओलीबाट राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम थियो । प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि त्यसको उद्घाटन भर्चुअल माध्यमबाटै गर्नुहुनेछ ।
यसै गरी शुक्रबार बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसक्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्