राजनीति

पूर्वश्रम स्वीकृति लिनेको संख्या आठ प्रतिशतले वृद्धि

रोजगारीको खोजीमा विदेशिनको नेपाली युवाको संख्या दिनप्रतिदिन बढिरहेको छ । चालू आर्थिका वर्षको ६ महिनामा पूर्व श्रम स्वीकृति लिनेको संख्यामा ठूलो वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसा यस अवधिमा पूर्वश्रम स्वीकृति लिनेको संख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।

विभागले शुक्रबार पत्रकार सम्मेलन मार्फत चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै पूर्वश्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको जानकारी दिएको हो ।

विभागका अनुसार गत आवभन्दा यस आवमा पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या १८ हजार दुई सय ३२ जनाले वृद्धि भएको छ । यसैगरी गत आवको तुलनामा एक सय ७५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको विभागले जनाएको छ ।

यसै गरी गत कात्तिकदेखि वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने व्यवस्थासहित काम भइरहेको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले आगामी केही समयभित्रमा जाहेरी दरखास्त बाहेकका सम्पूर्ण सेवा अनलाइन प्रणालीबाट प्रवाह गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.