मदन राई आफ्नै फाउण्डेशनका बालिकालाई यौन दुर्व्यवहारमा दोषी ठहर
कृषिविज्ञका साथै सामाजिक अभियन्तासहित स्पष्ट वक्ताको छवि बनाउनुभएका मदन राईलाई बालिका तथा किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दोषी ठहर गरिएको छ ।
आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यही माघ गते राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताउनुभयो ।
भट्टराईका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुर्व्यवहादुर गरेको भनी सेतोपाटी अनलाइनले डेढ वर्षअघि समाचार प्रकाशित गरेको थियो ।
त्यसपछि प्रहरीले राईलाई नियन्त्रणमा लिएर लगत्तै अनुसन्धान गरेर प्रहरीले राई विरुद्ध मुद्दा चलाएको थियो । राईले भने आफूले दुव्र्यवहारा नगरी यौन शिक्षाको व्यवहारिक ज्ञान दिएको दावी गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्