जन सरोकार

नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन

नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा शनिबार राति ८ः४५ बजे निधन भएको हो ।

नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन

तनहुँ व्यास नगरपालिका–३ निवासी आचार्य केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गर्नुभएको थियो ।

आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दुःख प्रकट गर्नुभएको छ । नेकपा (एमाले) राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्‍याउनुहुने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गर्नुभएकी आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले आचार्यको निधनले नेपाली काङ्ग्रेसलाई क्षति पुगेको उल्लेख गर्नुभयो । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उहाँले पुर्‍याएको योगदान सधैं उच्च रहने भण्डारीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.