जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
दाङ र झापाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । दाङ, तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।त्यस्तै झापा, दमक नगरपालिका-१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय बिकाश राई समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्