मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित भएमात्र सहिदको आत्माले शान्ति पाउने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा पार्टीद्वारा बुधबार आयोजित श्रद्धाञ्जलीसभामा उहाँले मुलुकमा प्रजातान्त्रिक पद्दति विकास गर्न सहिदले गरेको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउनुभयो । उहाँले जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको बताउँदै अध्यक्ष थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।
श्रद्धाञ्जलीसभामा तत्कालीन राप्रपा नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान दिएका नेताहरु तथा परिवारका सदस्यलाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्