मानव बेचबिखनमा संलग्न चार जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार राज्य छपरा थाना मडहौरा ग्राम पञ्चायत बरदहिया-११ बस्ने ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका-२ टिकुलिया बस्ने ३२ वर्षीया सुक्राती चौधरी, ओखलढुंगा घर भएका ३३ वर्षीय दिपेश राई र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ बस्ने ३८ वर्षीया मिरा कुमारी महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-१६ स्थित सञ्चालनमा रहेका होटलहरूमा जाँच गर्ने क्रममा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्याबृत्तिमा लगाउने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले २ जना महिलाको उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्