जन सरोकार

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-५ सुन्दरबस्ती घर भई ललितपुर, ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गम बहादुर पौडेल र काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ४४ वर्षीया भवानी तुलाधार रहेका छन् ।

तीन जना पक्राउ

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी भवानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट पक्राउ गरेको हो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका गम बहादुरलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ चारदोबाटोबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये गम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने भवानीलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.