जन सरोकार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी, महादेवा गाउँपालिका-२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै दाई ४० वर्षीय गणेश रजकलाई २०६१ माघ १ गते बिहान कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.