अर्थ
एक हजार छ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।
![100 KG Gold](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/100-KG-Gold-e1689837660286.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार छ सयले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।
छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार नौ सयमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो ।
प्रतिक्रिया राख्नुहोस्