वीर अस्पतालमा पाकेटमाराको विगविगी
मुलुकको सबभन्दा जेठो राजधानीको मुटुमा रहेको वीर अस्पतालमाा पाकेटमाराको विगविगी रहेको छ । अस्पतालभित्र नाम दर्ताका लागि लाइन बसेका सेवाग्राहीहरुको पाकेटमारीका घटना बढिरहेको छ ।
आज बिहिबार वीर अस्पतालमा स्वास्थ्य बीमाको औषधिका लागि गएका एक सेवाग्राहीको पाकेट मारिएको छ । पीडितका अनुसार, “टिकट काट्ने बेलासम्म पैसा थियो, तर औषधि लिन जाने लाइनमा बस्दा पाकेट मारिएछ ।”
सर्वसाधारण जनताको उपचारका लागि ठूलो सहारा बनिरहेको वीर अस्प्तालको स्वास्थ्य सुविधामा स्तरवृद्धि भैरहे पनि त्यहाँको शान्ति सुरक्षा भने निकै कमजोर रहेको यो घटनाबाट पुष्टि भएको छ ।
पीडित सेवाग्राहीका अनुसार देशकै सबैभन्दा ठूलो र बढी भीडभाड हुने अस्पतालमा शान्ति सुरक्षाको प्रभावकारी बन्दोबस्त नहुनु दुःखको कुरा हो । देशका कुनाकाप्चाबाट सेवाग्राही आउने अस्पतालमा पाकेटमारीकै कारण कतिको जीवन कष्टकर बनेको होला ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्