अर्थ
चार सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनको मूल्य घट्दा चाँदीको कारोबार मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु चार सयले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।
छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८५ तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९८० मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो ।
प्रतिक्रिया राख्नुहोस्