जन सरोकार
बौद्धमा बसको ठक्करबाट भट्टराईको मृत्यु
काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित सडकमा बा.५ ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ७७ वर्षीया तारा कुमारी भट्टराईको बिहीबार दिउँसो मृत्यु भएको छ ।
![accident](https://www.nepaljapan.com/wp-content/uploads/2024/04/accident-e1714468172145.jpg)
दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्