रविलाई जिल्लाजिल्ला घुमाएर सहकारी पीडितले रकम पाए ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुनसम्मत नरहेकाले फुकुवा गर्न माग गरेका छन् ।
![DOl Prasad](https://www.nepaljapan.com/wp-content/uploads/2023/06/DOl-Prasad.jpg)
शुक्रबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले निलम्बन असंवैधानिक रहेकाले उहाँको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।
रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाउनुभयो ।
अर्यालले प्रतिनिधिसभा नियमावलीको सही कार्यान्वयनको माग गर्दै भन्नुभयो, “थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।”
रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गर्नुभयो । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
कठायतले लामिछानेलाई जिल्लाजिल्ला घुमाएर सहकारी पीडितको झण्डै ३ खर्ब रुपैयाँ असुल हुन्छ भने हामी नै जिल्लाजिल्ला घुमाउन तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्