प्रधानमन्त्री हुन ओलीले संविधान संशोधनको गफ हाँकेको नेपालको आरोप
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको गफ हाँकेर दुनियाँ ठगेको आरोप लगाउनुभएको छ ।
![अध्यक्ष नेपाल अध्यक्ष नेपाल](https://www.nepaljapan.com/wp-content/uploads/2024/06/madhav-2-e1719758962649.jpg)
शनिबार पार्टीको काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताउनुभएको हो ।
अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको तर संविधान संशोधन हुन नसक्ने बताएको आरोप लगाउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीले अहिले आएर २०८७ मा मात्र संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताउँदै प्रधानमन्त्री हुन दुनियाँलाई ठग्नका लागि संविधान संशोधनको गफ हाँकेको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले अहिले संविधान संशोधनको विषय २०८७ को विषय बन्न पुगेको बताउँदै ०८४ र ०८७ बीचको अवधिमा प्रधानमन्त्री को बन्ने हो भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्