जन सरोकार
सप्तरीमा आधा टनभन्दा बढी गाँजा बरामद
सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट आधा टनभन्दा बढी (सात सय २६ केजी) गाँजा बरामद भएको छ ।
![17 Quantal Ganja](https://www.nepaljapan.com/wp-content/uploads/2024/11/17-Quantal-Ganja-e1731997225550.jpg)
जिल्लाको बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र १–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट शनिबार उक्त परिमाणको गाँजा बरामद भएको हो ।
मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् । निजको खोजी भइरहेको छ ।
गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्