जापान
जापान पठाइदिने भन्दै सवा करोड ठगी गर्ने युवती पक्राउ
नेपालीहरुका लागि अध्ययन तथा रोजगारीको आकर्षक गन्तव्य जापान पठाइदिने प्रलोभन दखाएर बरोजगार युवाहरुलाई ठगी गर्ने क्रम बढिरहेको छ ।
![Bathamagar](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/Bathamagar-e1739168930791.jpg)
यसै क्रममा वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगर रहेको प्रहरीले जनाएको छ । वर्किङ भिसामा जापान पठाइदिने भन्दै रकम लिएर तीन महिनादेखि बेपत्ता बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्