जन सरोकार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन जना पक्राउ

पक्राउ पर्नेहरूमा अर्घखाँची सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजापुर नगरपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।

पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै तीन जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ६ लाख रूपैयाँ र राकेशनले युके पठाइदिन्छु भन्दै पाँच जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका-१ बाट र सिर्जनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.