जन सरोकार
धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ
धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
![pakrau](https://www.nepaljapan.com/wp-content/uploads/2024/02/pakrau-1.jpg)
सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गर्ने कार्यमा संलग्न नरेन्द्रलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा धरानबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्