राजनीति

नेपाली युवा तपाईहरुलाई भोट हाल्न मात्र देशमा बसिदिनुपर्ने हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफ्नालाई जागाउने र अरुलाई कारबाही गर्ने नीति लिएको भन्दै हालै ठमेलमा प्रहरीमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खनालले अमृत साइन्स क्याम्पस (अस्कल) पढ्ने नेकपा (एमाले) निकट अनेरास्ववियुका नेतालाई प्रहरीले अनुसन्धान गर्ने हिम्मत नगरेको आरोप लगाउनु भयो ।

उहाँले हरेक नेताहरु युवाहरु देशमै बसेनन् भनेर भाषण गर्ने तर सरकारको यस्तै व्यवहारले सत्ता संचालक राजनीतिक दलभन्दा बाहिर रहेका यवाहरुलाई बस्ने वातावरण नै नभएको अनुभूति हुने पनि बताउनुभयो ।

मेसेज पढ्दै खनालले भन्नुभयो, “क्याम्पसमा कक्षाकोठामा सधै उहाँहरुको दादागिरी चल्थ्यो, अब त पुलिसले पनि कारबाही गर्ने आँट नगरेपछि कसरी पढ्ने वातावरण होला र भन्दै मलाई मेसेज गर्नुभएको छ ।”

उहाँले अगाडि भन्नुभयो, “कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसंग फोटो देखाएर प्राध्यापक थर्काउन पाइने, कहिले सत्ता टिकाउने बहानामा अखिलका विद्यार्थीलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने यता आशिका तामाङलाई अभद्र व्यवहार गरेको भनेर १५ दिन हथकडी लगाएर डुलाउने ?”

हामीले यो सदनमा धेरै नेताहरुले युवाहरुले देश छाडेर गए भनेर चिन्तित भएको सुन्छु, तर दलीय विद्यार्थी संगठनका विद्यार्थीहरुका लागिा मात्र यो देश सुरक्षित छ भनेर हामीले नेपाली युवाहरुलाई यही देशमा बस भनेर सन्देश दिइरहेका छौं त ? नेताहरुले छातीमा हात राखेर नेताहरुले भन्नुपर्छ ।

गृहमन्त्रीले आफैंले कमाण्ड गरेको प्रहरीको सुरक्षा गर्न सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने, तपाईहरुलाई भोट हाल्न मात्रै बसिदिनुपर्ने हो त ?

माघ २४ गते प्रहरीमाथि आक्रमणमा संलग्न रहेका अनेरास्ववियुका दुई जना पक्राउ परे पनि अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीमाथि अनुसन्धान नगरेको प्रहरीमाथि आरोप छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.