वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचोटी दरबार कसरी बन्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले बहुदलका लागि वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचोटी दरबार कसरी बन्यो भन्ने प्रश्न गर्दै सबै राजनीतिक दलका नेताहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने माग गर्नुभएको छ ।
![Manish Jha](https://www.nepaljapan.com/wp-content/uploads/2023/03/Manish-Jha.jpg)
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरूको योगदान रहे पनि त्यसको फाइदा उठाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै सो कुरा बताउनुभएको हो ।
उहाँको प्रश्न थियो, ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरूको योगदान छ। त्यसप्रति सम्मान छ तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ?
सम्बोधनका क्रममा झाले फायल देखाउँदै यसमा प्रमाणहरुको ठेली छ, कहाँ बुझाई सभामुखज्यू भन्दै जेल बसेका नेताहरुलाई एक वर्ष जेल बराबर कति अर्ब भ्रष्टाचार गर्न दिने हो बरु त्यो कानुन बनाउ भन्दै व्यंग्य गर्नुभयो ।
सांसद झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको पनि आरोप लगाउनुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्”, उहाँले भन्नुभयो, “सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।”,
प्रतिक्रिया राख्नुहोस्