राजनीति

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्नका लागि शक्तिशाली आयोग बनाउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उहाँले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसद्भित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।

सङ्घीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उहाँले प्रश्न उठाउनुभयो । सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.