अर्थ
सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो
केही दिनयता उकालो लागेको सुनको मूल्य आज बुधबार घटेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।
![100 KG Gold](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/100-KG-Gold-e1689837660286.jpg)
मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्