युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न जेलेन्स्की तयार
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताउनुभएको छ ।
![Jeleski](https://www.nepaljapan.com/wp-content/uploads/2024/04/Jeleski-e1712617478739.jpeg)
मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने वार्ताको सुनिश्चित भए युक्रेनको नियन्त्रणमाा रहेको ठूलो रूसी भूभाग साटफेर गर्न सम्भव रहेको बताउनुभएको हो ।
युक्रेनले नियन्त्रणमा राखेको रुसी भूभागलाई रूससँग सम्झौताका लागि प्रयोग गर्ने जेलेस्कीको रणनीति रहेको छ । युक्रेनले अगस्ट २०२४ मा रूसको कुर्स्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएपछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ।
अन्तरवार्ताका क्रममा जेलेस्कीले भन्नुभयो, हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं । मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ। अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन ।
रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्